तनहुँको आँबुखैरेनी नजिकै ऐनपहरामा बस दुर्घटनामा घाइते भएका १२ जनालाई उद्धार गरी नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका १२ जनालाई सेनाको एमआई १७ मा राखेर काठमाडौं ल्याइएको हो।
उनीहरूलाई त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको हो।
उक्त बसमा सवारमध्ये १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। घाइतेमध्ये १२ जनालाई काठमाडौं ल्याइएको हो।
साथै, थप घाइते उद्धारको लागि हेलिकोप्टर पुन: घटनास्थलतर्फ गएको छ।