भ्रष्टाचारजन्य कसुरको हदम्यादमा गर्न लागिएको संसोधनविरूद्ध प्रदर्शन गरेको बृहत नागरिक आन्दोलन र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा धकेलाधकेल भएको छ।
शनिबार दिउँसो माइतीघरबाट मार्चपास गर्दै बानेश्वर पुगेका प्रदर्शनकारीलाई प्रहरीले बानेश्वरबाट अगाडि बढ्न नदिएपछि धकेलाधकेल भएको हो।
बानेश्वरदेखि संसद भवनसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ। मार्चपास गर्दै पुगेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोज्दा प्रहरीले रोकेपछि धकेलाधकेल भएको हो।
सरकारले भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्ले गरेका भ्रष्टाचारजन्य काम कारवाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा संशोधन गर्न लागेको विरोधमा बृहत् नागरिक आन्दोलनले मार्चपास गरेको हो।
तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।