धनगढीमा शंकाष्पद वस्तु फेला परेको छ।
आइतबार बिहान धनगढी उपमहानगरपालिका-४ स्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घर अगाडि शंकास्पद वस्तु फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कविन्द्र बोहराका अनुसार शंकास्पद एउटा झोला घर अगाडि फेला परेको हो।
झोलामा शंकास्पद वस्तु हुनसक्ने आकलन गरी प्रहरीले नेपाली सेनाको बम डिस्पोजलको टोलीलाई खबर गरेको थियो।
उक्त टोलीले उक्त शंकास्पद वस्तुलाई निष्कृय पार्ने काम गरिरहेको डिएसपी बोहराले जानकारी दिए।