नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट कर्मचारीलाई अवकाशमा नपठाउन सर्वोच्च अदालतले दिएको आदेशविरूद्ध भ्याकेटको पेसी शुक्रबारका लागि तोकिएको छ।
बिहीबार न्यायाधीशहरू नहकुल सुवेदी र विनोद शर्माको इजलासमा सुनुवाइ भएको हो।
उक्त सुनुवाइमा अर्को पेसी शुक्रबारका लागि तोक्ने र विपक्षलाई बोलाउन आदेश भएको छ।
भदौ ६ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट कुनै पनि प्रहरीलाई अवकाशमा नपठाउन अन्तरिम आदेश जारी गरेको थियो।
उक्त आदेशविरूद्ध गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले महान्यायाधिवक्ता कार्यालयमार्फत भ्याकेट हालेका थिए।
नेपाल प्रहरीका ९० जना प्रहरी अधिकृतहरू भदौ १६ गतेदेखि सेवा अवधिका कारण अवकाशमा जाने भएपछि त्यसविरूद्ध २१ जना प्रहरीले रिट दायर गरेका थिए।