जल तथा मौसम विज्ञान विभागले बैतडीमा भारी वर्षा भएको बताएको छ।
बैतडीको सिद्धपुर केन्द्रमा पछिल्लो १२ घन्टामा १०८ मिलिमिटर वर्षा भएको विभागले उल्लेख गरेको छ।
थप वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्र भई बग्ने खोलामा आकस्मिक बाढी आउन सक्ने, भिरालो जमिनमा पहिराको जोखिममा रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।