रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा पर्ने मैलुङ्ग झरना यति बेला गर्मी छल्नका लागि आउने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ।
चलनचल्तीको रुपमा भाङ्गे झरनाको नामले समेत चिनिने सो झरना अहिले भने मैलुङ्ग झरना नामले विभिन्न सामाजिक सञ्जालमा समेत चर्चित भएको छ।
झरना हेर्न आउने, टिकटक बनाउने र रमाउन आउने आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ।
राजधानी काठमाडौंदेखि करिब ७० किलोमिटर दूरीमा रहेको सो झरना मोटरसाइकल, बसको प्रयोग गरी पुग्न सकिन्छ।
गर्मी बढेसँगै सो झरनामा गर्मी छल्न आउने पर्यटकको भिड बढ्ने गरेको स्थानीयहरु बताउँछन्।
त्यस्तै अन्य दिनहरुको तुलनामा शनिबार भने बढी नै भिड लाग्छ।
तस्बिरहरूः