पाल्पामा सोमबार बिहान भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
रामपुर नगरपालिका–१० गेझाका ४० वर्षीय यमबहादुर खरु मगरको मृत्यु भएको हो।
रामपुर–१० बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३१ नम्बरको स्कुटर कालीगण्डकी सडक खण्डमा बिहान ८:५५ बजेतिर अनियन्त्रित भई डिभाइडरको पोलमा ठोक्किएको थियो।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी सुगन्ध श्रेष्ठका अनुसार घाइतेलाई उद्धार गरी रामपुर अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।