नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरूवा भएको छ।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेका डिआइजी कृष्णहरि शर्मा पोखरेलको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरूवा भएको छ।
डिआइजी विष्णुकुमार केसी सेवाहदका अनुसार अनिवार्य अवकाशमा गएसँगै पोखरेललाई पठाइएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमा रहेकी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पठाइएको छ।
त्यस्तै प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्सालमा रहेका भरतबहादुर बोहरालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा पठाइएको छ।