काठमाडौं सुन्दरीजलमा एक जनाको शव भेटिएको छ।
गोकर्णेश्वर नगरपालिका-१ को सुन्दरीजलको बोक्सेदहमा बिहीबार बिहान ९ बजे ढुंगामा च्यापिएको अवस्थामा एक महिलाको शव भेटिएको हो।
प्रहरी वृत्त बौद्धका इन्स्पेक्टर चन्द्र अधिकारीका अनुसार बिहान ९ बजे महिलाको शव भेटिएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।
'शव भेटिएको खबर प्राप्त हुनसाथ हाम्रो टोली घटनास्थलमा पुगेको छ, थप अनुसन्धान भइरहेको छ,' उनले भने।
अहिलेसम्म उनको परिचय नखुलेको पनि प्रहरीले जनाएको छ।
प्रहरीले काठमाडौं र आसपासका जिल्ला प्रहरी कार्यालयहरूसँग पनि समन्वय गरी मृतकको पहिचान खुलाउने प्रयास गरिररहेको छ।