भक्तपुरमा अस्थायी टहरामा लागेको आगो गोठमा सल्किँदा जर्सी गाई र बाख्रा मरेका छन्।
शुक्रबार बिहान पौने ३ बजे भक्तपुरको चाँगुनारायण नगरपालिका-४ नारायणटारस्थित अस्थायी टहरामा आगो लागेको थियो।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी मोहनमणि अधिकारीका अनुसार टहरा र गोठ जोडिएका कारण टहराको आगो गोठमा सल्किँदा त्यहाँ रहेको जर्सी गाइ र बाख्रा मरेका हुन्।
प्रहरी टोली, दमकल र स्थानीय बासिहरुको सहयोगमा बिहान ३:४५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको डिएसपी अधिकारीले जानकारी दिए।
आगलागीबाट मानवीय क्षति नभएको, गाइ र बाख्रा गरी ६० हजार बराबरको क्षति भएको डिएसी अधिकारीले जानकारी दिए।