घाँसीकुवामा फेरि पहिरो खसेको छ।
शुक्रबार बिहान ४ बजे तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा लेदोसहितको पहिरो खस्दा सडक अवरूद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाइँका अनुसार पहिरो आंशिक हटाएर बिहान ८ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
पानी परिरहेकाले अहिले पहिरो पन्छाउने काम रोकिएको र सडक एकतर्फी नै रहेको उनले जानकारी दिए।
यसअघि भदौ पहिलो साता सोही ठाउँमा ठूलो पहिरो खस्दा सडक ठप्प भएको थियो।