दाङमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन्।
मध्यराति तुलसीपुर उपमहानगरपालिका-४ लामिदमार बस्ने ६१ वर्षीय नन्दलाल भण्डारीको दुई तले घरमा पहिरो खसेको हो।
माथिल्लो तलामा ६१ वर्षीय नन्दलाल भण्डारी र उनकी ६० वर्षीया श्रीमती डल्ली भण्डारी बस्थे। उनीहरू दुबै जना घाइते भएका हुन्।
यस्तै तल्लो तलामा १२ वछा बाख्रा राखिएका थिए। जसमध्ये ७ वटा बाख्रा च्यापिएर मरेका हुन्।
घाइते दुबै जनाको उपचार भइरहेको छ। उक्त घरमा बस्न नमिल्ने गरी क्षति पुगेको छ।