रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह राख्ने निर्णय गरेको सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
गाउँपालिकाको केन्द्र पनि परिवर्तन भएको छ।
गाउँपालिकाको केन्द्र साविक वडा नम्बर ५ सानडाँडामा रहेकामा अब वडा नम्बर २ स्थित सुखाओडार (जिनावाङ) राख्ने निर्णय भएको छ।
यो नगरपालिका २०७२ सालमा स्थापना भएको हो।
साबिकका चार वटा गाविस, ओत, जिनावाङ, पाखानी, राँकलाई मिलाइएर गंगादेव गाउँपालिका बनाइएको थियो।