चितवनमा पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।
शनिबार चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङ नजिकैको पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा आएको हो।
बिहान साढे ७ बजे खसेको सुक्खा पहिरो ९ बजे पन्छाइएको चितवन प्रहरीले जनाएको छ।
पहिरो पन्छाइएसँगै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्।