पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाउने तयारी गरिएको छ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा पनि यसै वर्षदेखि एमबिबिएस पठनपाठनको तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सन् २०२५ ब्याचदेखि यी प्रतिष्ठानमा एमबिबिएस पठनपाठन सुरू हुनेछ।
चिकित्सा शिक्षा आयोगले यी प्रतिष्ठानमा ५०-५० सिट निर्धारण गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलका अनुसार अब पोखरा र राप्तीका साथै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एमबिबिएस पठनपाठन गरिन्छ।
मन्त्रालयअन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत् दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एमबिबिएस पठनपाठनको व्यवस्थापन मिलाइएको उनले बताए।
‘हामीले कार्ययोजनामा समावेश गरेको तीन सय शय्याभन्दा माथिका अस्पतालमा क्रमश एमबिबिएस अध्ययनअध्यापन प्रक्रिया सुरू गर्ने विषयलाई कार्यान्वयन गर्दै जाने नीति तथा कार्यक्रमअन्तर्गत मन्त्रालयकै आन्तरिक स्रोतबाट यस कार्यक्रम सञ्चालन गरिएको हो,’ मन्त्री पौडेलले भने।