मुख्यसचिव एकनारायण अर्यालले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा दायाँबायाँ थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्नुपर्ने बताएका छन्।
आइतबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग कुराकानी गर्दै उनले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसला 'रिभ्यु' हुनुपर्नेमा जोड दिएका हुन्।
यो पनि: काठमाडौंका खोलाको थप मापदण्डबारे सर्वोच्चको फैसलाविरूद्ध ठूला दलहरू एकठाउँमा
अदालतको फैसलाले काठमाडौं महानगरपालिका र सरकारले गर्नुपर्ने केही राम्रा कुरा आएको उनले बताए।
अदालतको फैसला कार्यान्वयन गर्दा अफ्ठ्यारो पर्ने अवस्था पनि रहेको भन्दै पुनरवलोकन आवश्यक रहेको उनले बताए।
‘काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला रिभ्यु गर्नुपर्छ। केही कुरा राम्रा पनि आएका छन्, महानगर र सरकारले गर्नुपर्ने केही विषय छन्। केही कुराहरु कार्यान्वयन गर्दा अप्ठेरो पर्ने अवस्था छ। त्यो विषयमा सरकारको टिमले काम गरिरहेको छ,’ उनले भने।
उनकाअनुसार सर्वोच्चमा यसबारे सरकारको धारणा पेस गर्ने तयारी छ। (न्युज एजेन्सी नेपाल)
भिडिओ: