दाङको तुलसीपुरमा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ तमाखेका ५४ वर्षीय जेमबहादुर सुनारको रूखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार घाँस काट्न रूख चढेका उनी लडेका थिए।
उनको उपचारका क्रममा नर्सिङ कलेज नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।