मोटरसाइकल दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका सरसफाइ कर्मचारीको मृत्यु भएको छ।
बुधबार बेलुकी सवा ७ बजे तुलसीपुर-८ चमीखोलामा रा ४ प ४४१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय कविराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए।
उनी उपमहानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेको खुलेको उपमहानर-६ का वडाध्यक्ष दुजमान भण्डारीले जानकारी दिए।
उनी मोटरसाइकलको पछाडी सवार थिए भने मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका – ८ का ४८ वर्षीय लक्ष्मिप्रशाद थारुले चलाएका थिए।
तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेका उनीहरू मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेका थिए।
दुर्घटनामा दुवै जना घाइते भएका थिए। तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि उनीहरूलाई बाँकेको नेपालगञ्जस्थित नरसिंहहोममा रेफर गरिएको थियो।
त्यहाँ उपचारको क्रममा कविरामको बिहान २ बजे मृत्यु भएको हो। लक्ष्मीप्रसादको भने उपचार जारी रहेको प्रहरी निरीक्षक रानाले जानकारी दिए।