दाङमा गाडीले च्यापेर एक जनाको मृत्यु छ।
लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाको आइतबार बिहान आफ्नै पिक अप गाडीले च्यापेर मृत्यु भएको हो।
बिहान करिब ६ बजेतिर घर अगाडि रोकेर राखेको लु ३ च ४८१४ नम्बरको गाडी ब्याक भइ पछाडि गुड्न थालेपछि बानियाका दाजु भाइले मिलेर रोक्ने प्रयास गरेको थिए।
जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले गएराति घर नजिकै उकालोमा गेयरमा राखेको गाडी बिहान स्टार्ट नभएको सोधपुछबाट खुलेको बताए।
त्यसपछि अवरोधका लागि टायरमा राखेको ओट ( ढुंगा) निकालेका थिए। लगत्तै गाडी ब्याक हुन थालेपछि दाजु भाइ मिलेर रोक्ने प्रयास गरेका थिए ।
गाडी नथामिएपछि एक भाइले भागेर ज्यान जोगाएका थिए। तर, राजेशलाई भने गाडीले घरको भित्तामा लगेर च्याप्यो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते बानियालाई उपचारका लागि तत्कालै लमही अस्पतालमा पुर्याइएको भएपनि चिकित्कसले मृत घोषणा गरेका थिए।
शव पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको छ।