बाँकेमा बाबुको हत्या आरोपी फरार छोरालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार असार २१ गते बुलुकीपख बैजनाथ गाउँपालिका–२ मकैबारीका ३२ वर्षीय भूपेन्द्र रोकायले ६० वर्षीय बुवा टोपबहादुर रोकाय क्षेत्री माथि काठ प्रहार गरी हत्या गरेको आरोप छ।
इलाका प्रहरी कार्यालय कोहलपुरकी डिएसपी लक्ष्मी खनालका अनुसार जोत्ने हलोको काठले पटक-पटक टाउकोमा प्रहार गरी छोराले बुवाको हत्या गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटना लगतै उनी फरार भएका थिए। फरार भूपेन्द्रलाई खोजी गर्ने क्रममा उनी आइतबार दिउँसो बैजनाथ गाउँपालिका–२ पहाडीपुरको खैरेनी सामुदायिक वनको भवनमा लुकिछिपी बसेको अवस्थामा फेला परेको डिएसपी खनालले बताइन्।
पक्राउ पछि रोकायालाई कोहलपुरको हिरासतमा लगेर राखिएको छ।
भूपेन्द्र विगतमा दुई पटक लागुऔषध मुद्दामा पक्राउ परेको व्यक्ति हुन्। त्यो दिन पनि बुवाले कति टिभी मात्रै हेरि बस्छस् भनेपछि आवेगमा आइ उनले बुवामाथि प्रहार गरेको प्रहरीले बताएको छ।
यो पनि: टिभी मात्रै हेरेर बस्ने भनेर गाली गरेपछि छोराले गरे बुवाको हत्या