काठमाडौंबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ना७ ख ६१८२ नम्बरको बस शनिबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–१ बण्ड का ४२ वर्षीय बलबहादुर बोहराको छन्।
दुर्घटनामा परी घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो। बसमा पाँच जना मात्र सवार थिए।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।