म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ।
शनिबार भएको खेलमा फुलहमलाई ४-० गोलले पराजित गर्दै सिटी शीर्ष स्थानमा फर्किएको हो।
सिटीको जितमा यस्को भार्बियलले दुई गोल गरे। उनले खेलको १३ र ७१ मिनेटमा गोल गरेका थिए।
फिल फोडेनले ५९ र अल्भारेजले दोस्रो हाफको इन्जुरी टाइमको छैठौं मिनेटमा पेनाल्टीमार्फत सिटीका लागि चौथो गोल गरे।
जितसँगै सिटी ३६ खेलबाट ८५ अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको हो।
दोस्रो स्थानको आर्सनलको ८३ अङ्क छ