इंग्लिस प्रिमियर लिगको उपाधिको टुंगो अन्तिम चरणका खेलबाट लाग्ने भएको छ।
उपाधि होडमा रहेको शीर्ष स्थानको आर्सनलका लागि उपाधि जित्ने सपना म्यानचेस्टर सिटीको नतिजामा भर पर्नेछ। तर सिटीको भने आफ्नै हातमा उपाधि होड छ।
आइतबार म्यानचेस्टर युनाइटेडलाई पराजित गरेपछि शीर्ष स्थान पुगेको आर्सनलको अन्तिम खेलअघि ८६ अंक छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको दुई खेल खेल्न बाँकी छदा ८५ अंक छ।
सिटीले बुधबार टोटेनहमसँग खेल्नेछ। अन्तिम दिन आगामी आइतबार सिटीले वेस्ट ह्याम र आर्सनलले एभर्टनसँग खेल्नेछन्।
दुवै खेल जिते सिटी च्याम्पियन बन्नेछ।
बुधबार सिटी पराजित वा बराबरीमा रोकिएको अवस्थामा मात्र आर्सनलको हातमा उपाधि होड आउनेछ। सिटी पराजित भए वा बराबरीमा रोकिए अन्तिम खेलमा जित निकाले आर्सनलले उपाधि जित्नेछ।
अन्तिम खेलमा एक टिमले बराबरी/हार खेल्दा जित हात पार्ने टिमले उपाधि जित्नेछ।