युएईविरुद्धको फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो २८ सदस्यीय टोली घोषणा गरेका छन्।
युएईविरुद्धको खेल घरेलु मैदानमा हुने भनिए पनि दशरथ रंगशालाको मापदण्ड नपुगेपछि एसियाली फुटबल महासंघ (एएफसी) ले न्युट्रल भेन्यूमा खेल गर्न भनेको छ। रंगशालाको मैदानको संरचना र सुरक्षामा प्रश्न गर्दै एएफसीले अर्कै देशमा खेल गराउन भनेको हो।
नेपाल र युएईबीच २४ जेठमा खेल हुने तय छ। समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेल गुमाइसकेको छ। नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो। यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो।
जेठ २४ मा युएईसँग खेलेपछि नेपालले अन्तिम खेल जेठ २९ मा यमनसँग कतारमा खेल्नेछ।
नेपालको प्रारम्भिक टोली
गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत
डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ
मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की, सुमित श्रेष्ठ
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट