इटालियन क्लब एटलान्टाले युरोपा लिगको उपाधि जितेको छ।
युरोपियन फुटबल महासङ्घको दोस्रो ठूलो क्लब स्तरीय प्रतियोगिता युरोपा लिग जित्ने क्रममा एटलान्टाले जर्मन च्याम्पियन बायर लेभरकुजेनलाई पराजित गर्यो।
एटलान्टाले ६१ वर्षमा पहिलो मुख्य उपाधिको जित्न सफल भएको हो।
बुधबार राति भएको फाइनल खेलमा एटलान्टा ३-० गोलले विजयी भयो।
एटलान्टाको जितमा लुकम्यानले ह्याट्रिक गरे।
उनले खेलको १२, २६ र ७५ मिनेटमा गोल गरेका थिए।
यता हारसँगै लेभरकुजेनको ५१ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
यसअघि लेभरकुजेनले अपराजित रहँदै जर्मन बुन्डेस लिगा जितेको थियो।