युरोकपको साविक विजेता इटाली स्पेनसँग पराजित भएको छ।
गएराति भएको खेलमा इटालीलाई पराजित गर्दै स्पेनले युरोकपको अन्तिम १६ मा स्थान पक्का गरेको छ।
५५ औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले गरेको आत्माघाती गोल खेलमा निर्णायक बन्यो।
समूह चरणको पहिलो खेलमा स्पेनले क्रोयशियालाई ३-० गोलले पराजित गरेको थियो।
दुई खेलबाट ६ अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा डेनमार्क र इंग्ल्याण्डले १-१ गोलको बराबरी खेले।
इंग्ल्याण्डका ह्यारी केनले १८ औं मिनेटमा गोल गरे भने मोर्टेन ह्युलम्यानले ३४ औं मिनेटमा गोल फर्काए।
त्यसपछि दुवैतर्फबाट गोल हुन नसेकपछि खेल अंक बाँडे।