युरोकपमा पोर्चुगलले लगातार दोस्रो जित निकालेको छ।
गएराति भएको समूह चरणको दोस्रो खेलमा पोर्चुगलले टर्किएविरूद्ध ३-० गोलको जित निकालेको हो।
पोर्चुगलको जितमा बर्नान्डो सिल्भा र ब्रुनो फर्नान्डेजले गोल गरे।
सिल्भाले २१ औं मिनेटम गोल गरी पोर्चुगललाई अग्रता दिलाएका थिए।
२८ औं मिनेटमा टर्किएका सामेत अकेडिनले आत्मघाती गोल गर्दा पोर्चुगलको अग्रता दोब्बर भयो।
दोस्रो हाफको ५५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गरेपछि पोर्चुगल ३-१ गोलले विजयी भएको हो।
जितसँगै पोर्चुगल समूह चरणको दुवै खेलमा अपराजित रहँदै ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। पोर्चुगलले अन्तिम १६ को सम्भावना पनि बलियो बनाएको छ।
समूह एफमा पोर्चुगल र टर्किएसँगै चेक रिपब्लिक र जर्जिया छन्।
पोर्चुगलले अब समूह चरणको अन्तिम खेल जर्जियासँग खेल्नेछ।
समूहको शीर्ष दुई टिम सिधै अन्तिम १६ मा पुग्नेछ।
गएराति नै भएको अर्को खेलमा बेल्जियमले रोमानियालाई २-० गोलले पराजित गरेको छ।
बेल्जियमको जितमा युरी टिएलीमन्स र केभिन डि ब्रुयनले गोल गरे।
समूह चरणको पहिलो खेलम पराजय भोगेको बेल्जियमलाई दोस्रो जितले राहत मिलेको छ।
समूह ई बाट अन्तिम १६ मा पुग्ने शीर्ष दुई टिमको टुंगो अन्तिम खेलबाट लाग्नेछ।