जर्मनी र स्वीट्जरल्याण्ड युरोकपको अन्तिम १६ मा पुगेका छन्।
गएराति दुई टिमले १-१ गोलको बराबरी खेलेपछि जर्मनी समूह विजेता र स्वीट्जरल्याण्ड उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो।
स्वीट्जरल्याण्डविरूद्ध इन्ज्युरी समयमा निकलस फुलक्रगले गोल गर्दा जर्मनी समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
समूह चरणको दुवै खेल जित्दै यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरेको जर्मनीलाई समूह विजेता बन्नका लागि स्वीट्जरल्याण्डविरूद्ध बराबरी पर्याप्त थियो।
२८ औं मिनेटमा स्वीटरल्याण्डका डान एनडोएले गोल गर्दै स्वीट्जरल्याण्डलाई सुरूवाती अग्रता दिलाएका थिए। ९० औं मिनेटसम्म कुनै गोल हुन नसक्दा पराजयको नजिक पुगेको जर्मनीका लागि फुलक्रगको गोलले समूह विजेता बनाएको हो।
गएराति नै भएको अर्को खेलमा हंगेरीसँग पराजित हुँदै स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएको छ।
अघिल्लो दुई खेलमा स्वीट्जरल्याण्ड र जर्मनीविरूद्ध पराजित भएको हंगेरीले पहिलो जित निकाल्दा अन्तिम १६ मा पुग्ने सम्भावना जिवित राख्यो।
हंगेरीको तेस्रो हुनेमध्ये उत्कृष्ट चार टिममा पर्ने सम्भावना कायम नै छ। यसका लागि समूह चरणका बाँकी खेलहरूको नतिजा पर्खनुपर्नेछ।