दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकामा ब्राजिल र कोस्टारिकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।
अमेरिकाको क्यालिफोर्निया लस एन्जलसस्थित सोफी स्टेडियममा भएको ब्राजिल र कोस्टारिकाबीचको खेलमा निर्धारित समयमा दुवै टोलीले गोल गर्न सकेनन्।
गोल नगरी बराबरीमै खेल सकिएपछि दुवै टोलीले एक-एक अंक बाँडेका छन्। ब्राजिल र कोस्टारिका समूह ‘डी’ मा रहेको छ।
समूह डीमा कोलोम्बिया शीर्ष स्थानमा छ। यस टोलीले पाराग्वेलाई पराजित गर्दै ३ अंक हासिल गरेको छ।
दोस्रोमा ब्राजिल र तेस्रोमा कोस्टारिका छ। त्यस्तै पाराग्वे भने चौथौं स्थानमा छ।