अष्ट्रिया युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
गएराति नेदरल्याण्ड्सलाई पराजित गर्दै अष्ट्रिया समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
समूह विजेता बनेको अष्ट्रियाले नेदरल्याण्ड्समाथि ३ गोल गर्यो।
छैटौं मिनेटममा नेदरल्याण्ड्सका डोनियल मलेनले आत्मघाती गोलबाट अग्रता लिएको अष्ट्रियाले ५९ औं मिनेट र ८० औं मिनेटमा गोल थप्यो।
दोस्रो गोल रोमानो सेमिड र तेस्रो गोल मार्सेल सबित्जरले गरे।
नेदरल्याण्ड्सले दुई गोल फर्कायो। कोडी गाक्पोले ४७ औ मिनेटमा र मेम्फिस डिपेले ७५ औं मिनेटमा गोल गरे।
पराजय भएको नेदरल्याण्ड्सको तेस्रो स्थानको उत्कृष्ठमध्येको टिमबाट छानिएर अन्तिम १६ मा पुग्ने सम्भावना बाँकी छ।
फ्रान्स समूहको उपविजेता बन्यो।
गएराति पोल्याण्डवरूद्ध १-१ गोलको बराबरी खेलेपछि फ्रान्स समूहको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो।
फ्रान्स र पोल्याण्ड दुवैले पेनाल्टीमार्फत गोल गरेका हुन्।
५६ औं मिनेटमा पेनाल्टी पाएको फ्रान्सका लागि केलियन एम्बाप्पेले गोल गरे। ७९ औं मिनेटमा पोल्याण्डले पनि पेनाल्टी पाउँदा रोबर्ट लेवान्डोस्कीले त्यसको सदुपयोग गरे।
हारसँगै पोल्याण्ड समूह चरणबाटै बाहिरिएको छ।