समूह चरणका दुई खेल बराबरी खेलेको इंग्ल्याण्ड समूह विजेता बन्दै युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
गएराति स्लोभेनियासँग गोलरहित बराबरी खेलेर अंक बाँडेको इंग्ल्याण्ड ५ अंक जोड्दै अन्तिम १६ मा पुगेको हो।
समूह सी मा रहेको इंग्ल्याण्डले सर्बियासँग पहिलो खेल खेल्दा १-० गोलको जित निकालेको थियो। त्यतिबेला बेलिंगघमले गोल गरे।
दोस्रो खेल डेनमार्कसँग १-१ गोलको बराबरी नतिजा निकाल्दा ह्यारी केनले गोल गरे। त्यसपछि गएराति गोलरहित बराबरी खेलेपछि समूह चरणका खेलमा २ गोलमात्रे गरेको इंग्ल्याण्ड ५ अंक जोडेर अन्तिम १६ मा पुगेको हो।
उक्त समूहबाट डेनमार्क उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ। गएराति डेनमार्कले सर्बियासँग गोलरहित बराबरी खेल्यो।
डेनमार्कले समूह चरणका तीन वटै खेलमा बराबरी नतिजा निकालेर ३ अंक जोडेर अन्तिम १६ मा स्थान बनाएको हो।
स्लोभेनिया तेस्रो स्थानमा रहँदै तेस्रो स्थानको उत्कृष्ठ चारमध्येको टिममा परेर अन्तिम १६ मा जाने सम्भावना कायम राखेको छ।
उक्त समूहबाट सर्बिया बाहिरिएको छ।