अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
बुधबार बिहान समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले चिलीलाई १-० गोलले पराजित गरेको हो।
चिलीलाई पराजित गर्न ८८ औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल निर्णायक बन्यो।
जितसँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
समूह चरणको अन्तिम खेल अर्जेन्टिनाले अब पेरूसँग खेल्नेछ।
यसअघि पहिलो खेलमा क्यानडालाई २-० गोलले पराजित गरेको थियो।
अर्जेन्टिना दुई खेल जित्दै ६ अंक जोडेर समूहको शीर्षस्थानमा छ।
दोस्रो स्थानमा रहेको क्यानडाको तीन अंक छ। १ अंक जोड्दै चिली तेस्रो स्थानमा छ। चिलीले अब अन्तिम खेल क्यानडासँग खेल्नेछ।