नेपाल मार्सलआर्ट गेम्स महासंघ पुनर्गठन भएको छ। राष्ट्रिय खेलकुद परिषदले प्रवीनकुमार कार्कीको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
अगाडि रहेको समितिले कुनै कामकाबाही नगरेको भन्दै राखेपले आइतबार नयाँ समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा हरिबहादुर राउत, रमेशप्रसाद शिवाकोटी, अञ्जन धमला, कल्पदीप राई र बुद्धरत्न श्रेष्ठ छन्। त्यसैगरी, महासचिवमा दिनेश शर्मा, सचिवमा सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा अमिनेशलाल श्रेष्ठ रहेका छन्।
सदस्यहरूमा उमेश राजथला, मञ्जुकुमारी यादव, सुनिता घिमिरे, विन्दु पौडेल, गोपाल श्रेष्ठ, प्रेमबहादुर कोइराला, सन्तोषकुमार पौडेल, मनोज खड्का, लीलाप्रसाद काफ्ले र सन्तोष श्रेष्ठ छन्। मार्सल आर्ट गेम्स महासंघ अन्तर्गत २२ वटा अन्तर्राष्ट्रिय र नेपालमा १२ वटा खेल समावेश छन्।