बेल्जियमको राजधानी ब्रसेल्सका विभिन्न स्थानमा मङ्गलबार भएको आतङ्कवादी आक्रमणप्रति नेपाली काँग्रेसले भत्र्सना गरेको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार विज्ञप्ति जारी गरी तीन ठाउँमा भएको आक्रमणबाट करिब ५० जनाको निधन भएको र २५० भन्दा बढी मानिस घाइते भएको भन्दै दुःख व्यक्त गरेका छन्।
विज्ञप्तिमा भनिएको छ– ‘युरोपको अत्यन्त व्यस्त विमानस्थलका रुपमा परिचित जाभेन्टम विमानस्थल तथा मेट्रो स्टेसनमा निर्दोष यात्रुहरुलाई लक्षित गरी गरिएको आतङ्ककारी हमला घटना अत्यन्त निन्दनीय छ । युरोपियम मुलुकमा एकपछि अर्को आतङ्ककारी हमलाको पुनरावृत्तिले सम्पूर्ण विश्व समुदाय आतङ्कवादका विरुद्ध एकजुट हुन सबैलाई आग्रह गर्दछु।’
कांग्रेसले यस दुःखद घडीमा बेल्जियम सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दै घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त घृणित कार्यमा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।