नेपाली कांग्रेसको केन्द्रीय समितिको दोस्रो बैठक सोमबार बस्ने भएको छ।
नयाँ वानेश्वरस्थित व्यवस्थापिका संसदको भवनमा सोमबार दिउँसो २ बजे लागि केन्द्रीय समितिको बैठक बोलाइएको कार्यबाहक मूख्य सचिव प्रदिप पराजुलीले जानकारी दिए। केन्द्रीय समितिको दोस्रो वैठक बस्नुअघि सोमबार बिहान ८ बजे पदाधिकारीको बैठक बोलाइएको छ।
केन्द्रीय समितिको वैठकमा संसदीय दलको विधान संशोधन, सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति, मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुनेछ।