महानगरीय अपराध महाशाखाले नक्कली प्रहरी बनेर ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
कलंकी, बानेश्वर, सामाखुसी, ठमेल लगायतका स्थानका मदिरा तथा खाद्य पसलहरुमा छापा मारेर रकम उठाउने एक गिरोहका ४ जनालाई पक्राउ गरेको एसपी सहकुल थापाले जानकारी दिए।
नक्कली डिएसपी बनेर ठगी गर्ने गुल्मी गुवादी ७ का दीपक भन्ने टोपबहादुर कुँबरसहित ४ जनालाई पक्राउ गरिएको उनले बताए।
प्रहरीले काभ्रे चौरी गाविसका गोबिन्द चौलागाइँ, प्युठानका निमबहादुर कुँबर र मोरङका सुनिल चौधरीलाई पक्राउ गरिएको उनले बताए। क्यासिनो जाने लत लागेपछि कुँबरले ५ जनाको नक्कली समूह बनाइ ठगी गर्न थालेको एसएसपी सर्बेन्द्र खनालले बताए।
उनीहरु मध्ये एक जनाले मदिरा पसलमा लगेर उपहार आएको भन्दै महँगो रक्सि ब्ल्याक लेवल सस्तोमा बेच्ने गरेको र पछि प्रहरी बनेर गएर सो बरामद गर्ने गरेको खनालले बताए। प्रहरी बनेर छापा मारेपछि केश मिलाइदिने भन्दै उल्टै मदिरा संचालकहरुसँग उनीहरुले फेरि रकम लिने गरेको खनालले बताए। सो समूहले क्यासिनो प्रवेशका लागि भारतीय निर्वाचन आयोग र आयकर विभागको नक्कली कार्ड बोक्ने गरेको उनले बताए।