मुटुरोग, मिर्गौला रोग, क्यान्सर, टाउकोमा ठूलो चोटपटक, ढाडको हड्डी समस्या, पार्किन्सन्स, हाइड्रोसिल, सिकलसेल एनिमिया र अल्जाइमर्स।
तपाई या परिवारको कोही सदस्य यी रोगले ग्रस्त छ र उपचारखर्च नभएर छट्पटाइरहनु भएको छ? अब चिन्ता नलिनुस्। सरकारले तपार्इलाई यीमध्ये कतिपय रोग निशुल्क उपचार गरिदिन्छ त कतिपयमा भारी आर्थिक सहयोग दिन्छ। नागरिक दैनिकमा समाचार छ।
गरिबीका रेखामुनि रहेका नागरिकको उपचारमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले देशका एक सयभन्दा बढी अस्पतालबाट यी रोग उपचारमा आर्थिक सहयोग गर्दै आइरहेको छ। सरकारले नै बिरामीको उपचारका आधारमा अस्पताललाई पैसा तिरिदिनेछ। यो सहयोग रकम नेपालमा उपचार सम्भव नभए विदेश जाँदा पनि पाउन सकिन्छ।
कसरी पाइन्छ त सहयोग?
स्वास्थ्य मन्त्रालयका प्रमुख डा. पदमबहादखुर चन्दका अनुसार सबैभन्दा पहिला रोग पहिचान डाक्टरको पुर्जी लिएर गाविस वा नगरपालिकाबाट विपन्न नागरिक सिफारिस पत्र लिनुपर्नेहुन्छ। त्यसपछि जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस पत्र लिएर उसले तोकेको अस्पतालबाट उपचार सहयाता प्राप्त गर्न सकिन्छ।
उपचार आफ्नो घर पायक पर्ने अस्पताल रोजेर गर्न सकिने डा. चन्द बताउँछन्। यहीमध्ये मिर्गौला फेल भएका बिरामीको उपचारमा सरकारले सबैभन्दा बढी रकम सहयोग गर्दै आइरहेको छ।