मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा पहिलो जित हात परेको छ।
गएराति भएको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको हो। कोलकाताले दिएको एक सय ८८ रनको लक्ष्य मुम्बईले १९ दशमलब १ ओभारमा ४ विकेटको क्षतिमै भेट्टायो।
मुम्बईका लागि कप्तान रोहित शर्माले नटआउट ८४ रन बनाए। उनले ५४ बलमा १० चौंका र दुई छक्का प्रहार गरेका थिए।
यस्तै जोस बटलरले ४१, पार्थिव पटेलले २३ तथा मिसेल म्याक्लेनघनले २० रनको योगदान दिएका थिए।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ८७ रन बनाएको थियो। कोलकताका लागि कप्तान गौतम गाम्भीरले ६४, मनिष पाण्डेले ५२ तथा आन्द्रे रुसेलले ३६ रन जोडेका थिए।
मुम्बईका लागि मिसेल म्याक्लेनघनले दुई तथा हरभवन सिंह र हार्दिक पाण्डेले समान १–१ विकेट लिएका थिए।
पहिलो खेलमा राइजिङ पुणे सुपर जाइन्ट्ससँग ९ विकेटले पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकातालाई जितेको हो। कोलकाताले भने पहिलो खेलमा दिल्ली डेयर डेभिल्सलाई ९ विकेटले पराजित गर्दै विजयी यात्रा सुरु गरेको थियो।