इक्वेडरमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ।
म्युसिनी शहर नजिकैको क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्पमा परी अहिलेसम्म कम्तिमा ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
न्युसिनी सहर इक्वेडरको राजधानी क्युटोबाट १६० किलो मिटर टाढा पर्छ।
भूकम्पले राजधानी क्युटोसम्म पनि हल्लाएको बताइएको छ। भूकम्पपछि इक्वेडर सरकारले ६ वटा प्रान्तमा संकटकालको घोषणा गरेको छ। यस्तै भूकम्पपछि सुनामी आउन सक्ने भएकाले सुरक्षित रहन समेत भनिएको छ।