ऋण गरेर बनाएको च्याम्राङबेसी गाविस ९ का शेषानन्द बास्तोलाको घर धुरी मारेकै दिन भूकम्पले भत्काइदियो । नयाँ पत्रिका दैनिकमा समाचार छ।
साहुसँग लिएको ऋण जस्ताको तस्तै छ, तर टहरा बनाउन फेरि ऋण लिए। घर बनाउँदाकाृ तीन लाख ऋण तिरेको छैन् ।
भूकम्पले टहरा बनाउन ५० हजार ऋण लागिसक्यो, गाँस न बासको अवस्था छ उनले भने।
फलामेदार ५ का कान्छा तामाङ भूकम्पले भत्किएको घर बनाउन नपाउँदा चिन्तित छन् । टहरामा २ नातिका साथ बसेको वर्षदिन भइसक्यो । सरकारको बाटो हेर्दाहेर्दै थाकिसकेका उनी ऋण काढेर घर बनाउने सोचमा छन्।