नुवाकोटलार्इ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
महाविनाशकारी भूकम्प गएको ठिक एक वर्ष पुगेको दिन आइतबार विहानै नुवाकोटको साल्मे नजिकैको क्षेत्रलार्इ केन्द्रविन्दु बनाएर विहान २ बजेर १६ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
विनाकारी भूकम्प गएको एक वर्ष बितेपनि भूकम्पको पराकम्पन आउने क्रम रोकिएको छैन।
गत वर्ष आजकै दिन मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाकलार्इ केन्द्रविन्दु बनाएर ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको थियो।
सो भूकम्पमा परि झन्डै ९ हजार मानिसले ज्यान गुमाएका थिए भने हजारौं मानिसहरू घाइते भएका थिए।