बजेट अधिवेशन बोलाउनका लागि सभामुखले राष्ट्रपतिलाई पत्र पठाएकी छन्।
सभामुख ओनसरी घर्तिले आगामी वैशाख २१ गतेका लागि संसद बैठक बोलाउन सरकारसँग परामर्श गरेर राष्ट्रपतिलाई पत्र लेखेको उनका प्रेस सल्लाकार बबिन शर्माले बताए।
‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद बैठक बोलाउनेपर्ने भएपनि समय कम भएकाले सभामुख आफैले बैठकका लागि राष्ट्रिपतिकहाँ पत्र पठाउनुभएको हो,’ शर्माले भने,‘ नयाँ संविधानको प्रवधान अनुसार वार्षिक बजेट जेठ १५ भित्र पेश गरिसक्नुपर्ने भएकाले तत्काल राष्ट्रपतिलाई पत्र लेखिएको हो।’
संविधानत प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद बोलाउने चलन छ।