नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सोमबार साँझ अमेरिकाको बाल्टिमोरतर्फ प्रस्थान गरेका छन्।
तीन साता लामो अमेरिका बसाइका क्रममा उनी नेपाली काँग्रेसका भ्रातृ सङ्गठनले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने उनका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए। रासस