नेपालस्थित उत्तर कोरियाली दूतावासका कर्मचारी ली छङ हो मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका छन्।
मापसे गरी सवारी साधन चलाएको अवस्थामा होलाई ट्राफिक प्रहरीले सोमबार विहान न्युरोड गेटबाट पक्राउ गरेको हो। अन्नपूर्ण पोस्टमा समाचार छ।
उनले चलाएको २९ सीडी ३ नम्बरको कुटनीतिक नम्बर प्लेटको कारले वीर अस्पतथालका चिकित्सकले चलाएको मोटरसाइकललाई ठक्कर दिएपछि उनलाई तत्काल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनले मापसे गरी अनियन्त्रित रुपमा कार हाँकेको प्रहरीले बताएको छ। हेले चलाएको कारले वीर अस्पतालका चिकित्सक विजय पाण्डेको बा ७२ प ६४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। कारको ठक्करबाट पाण्डे सामान्य घाइते भएका छन्।
कार ट्राफिक प्रहरीको नियन्त्रणमा छ। प्रहरीले होलाई ट्राफिक नियमसम्बन्धी जनचेतनामुलक कक्षामा सहभगी गराउने सर्तमा दूतावासको जिम्मा लगाएको छ।