सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा दुर्जकुमार राईलाई नियुक्त गरेको छ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राईलाई बलको प्रमुखमा नियुक्त गरेको हो।
वलका तत्कालिन महानिरीक्षक कोषराज वन्त भ्रष्टाचारको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि मन्त्रिपरिषद्ले राईलाई गत पुष ४ गते सशस्त्र प्रहरी बलको कायम मुकायम प्रमुखको जिम्मेवारी दिएको थियो।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ब्याजी राई २०७४ असार ३ गते अवकाश हुनेछन्। २०५७ सालमा गठित सशस्त्र प्रहरी बलमा राई नेपाल प्रहरीबाट एसपी पदमा स्थानान्तरण भएका थिए। राई २०६२-६३ को जनआन्दोलन दमन गरेको अभियोगमा निलम्बनमा परेका थिए। पछि उनी सफाइ पाएर डिआइजीमा बढुवा भएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्रका महानिरीक्षक कोषराज वन्तविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेपछि राईले गत पुस ३ गते कायममुकायम सशस्त्र प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका थिए।