धनकुटामा जन्ती बस दुर्घटनामा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्।
धनकुटाबाट जन्ती लिएर धरानतर्फ जाँदै गरेको को १ ख २९३२ नम्बरको बस धनकुटा–३ आत्मारामा बुधवार बिहान ८ बजेतिर दुर्घटना हुँदा धरान नगरपालिका–१५ का ३० वर्षीय विजय लामिछानेको घटनास्थलमै मृत्यु भएको असई निरीक्षक भेषराज कार्कीले जानकारी दिए।
बसलाई ओभरटेक गर्न खोज्ने मोटरसाइकललाई बचाउन खोज्दा अनियन्त्रित भएर बस पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनमा घाइते भएका ९ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको कार्कीले बताए।