स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाले किशोरकिशोरीको स्वास्थ्य र विकासबारे दुई दिने राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ।
‘मेरो स्वस्थ्य,मेरो अधिकार हाम्रो भविश्य’ शीर्षकमा बैशाख २० र २१ गते यो सम्मेलन हुने छ।
यो सम्मेलनमा किशोर किशोरीले सामना गरिरहेका समस्या,समाधानका उपाय, उनीहरुका अधिकार र ति अधिकार पुरा गर्नका लागि संरचनात्मक परिवर्तनहरुको आवस्यकताबारे छलफल हुने छ।
यो सम्मेलनमा, किशोरकिशोरी तथा यूवा अभियान्ताहरुलाई प्रोत्साहन गर्नेअन्तक्रियात्मक बृहद छलफलहरु,नविनतामा जोड दिने मेला,कार्यशाला,फोटो प्रदर्शनी लगायतका कार्यक्रम हुने छन्।
स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखा र जिआइजेडले गर्न लागेको यो सम्मेलनमा संयुक्त राष्ट्रसंघको जनसंख्या कोष,युनिसेफ लगायत अन्यसंस्थाहरुको समेत सहयोग छ।