मुद्दाको अनुपातमा न्यायाधीश संख्या कम हुँदा सर्वोच्च अदालत समयमै न्याय दिन नसक्ने अवस्थामा पुगेको छ। कान्तिपुर दैनिकमा समाचार छ।
कल्याण श्रेष्ठको अवकाशपछि सर्वोच्चमा रिक्त प्रधानन्यायाधीश पदको पनि पूर्ति हुन सकेको छैन। न्यायाधीशहरु कम हुँदा न्याय सम्पादनमा सिधै असर परेको सरोकारवालाहरुको गुनासो छ।
‘हामीलाई अहिले ठूलो चाप छ,सर्वोच्चका रिजिस्टार श्रीकान्त पौडेलले भने,‘दुई तीनवटा भन्दा इजलास लाग्न सकिएको छैन।’ सवै न्यायाधीश दिनहुँ १० वटासम्म इजलासमा बस्थे।
न्यायाधीशको संख्या कम भएकाले मुद्दाको पालो आउनै महिनौ लाग्ने र पालो आएपछि पनि पेसी चढेर हट्ने गरेको छ।