नेपाली यु १४ महिला फुटबल बिहीबार बंगलादेशसँग फराकिलो गोल अन्तरमा पराजित भएको छ। ताजकिस्तानमा जारी एएफसी यु १४ महिला च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ९-० गोल अन्तरमा पराजित भएको हो।
समूह एमा रहेको नेपाल यसअघि आफ्नो पहिलो खेलमा भारतसँग समान ९-० अन्तरमै पराजित भएको थियो।