पोखराको फिर्के पुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
ना६ख ३६१० नम्बरको ट्रकले ग६प ९६६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पोखरा बगर निवासी ६८ वर्षीय वुद्धिबहादुर गुरुङको मृत्यु भएको हो।
ठक्करबाट सख्त घाइते भएका गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। ट्रकका चालक प्रहरीको सम्पर्कमा आएको बताइएको छ। रासस